Breaking News.... EverestOnlineKhabar
June 19, 2026

अमेरिकी कंग्रेसमा रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा मतदान

Loading

एजेन्सी,११ साउन ।
अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभ्सले रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा ४१९ मत पर्दा विपक्षमा जम्मा ३ मत मात्र पर्‍यो ।
नयाँ कानुनले रुससँग सम्बन्ध सुधारको क्रममा रहेका राष्ट्रपति ट्रम्पलाई अफ्ठ्यारो पार्ने देखिएको छ । यद्यपि, राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गर्नु अघि प्रस्ताव सीनेटले पनि पारित गर्नुपर्नेछ । ट्रम्प भने प्रतिबन्ध लगाउने कानुनको विपक्षमा छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा डेमाक्र्याट र रिपब्लिकन दुबै पार्टीका सांसद कानुनका सम्बन्धमा एकमत छन् । नयाँ कानुनले रुस विरुद्धको प्रतिबन्ध हटाउने राष्ट्रपति ट्रम्पको अधिकारलाई निकै सीमित पार्नेछ । नयाँ कानुनविरुद्ध उहाँले भिटो प्रयोग गर्न सक्ने भए पनि यसले उनलाई क्रेमलिनको सहयोगीको रुपमा थप अप्ठेरो पार्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed