Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बाढी पीडित परिवारलाई सरकारले दिने २५ हजार राहत अझै पुग्न सकेन

Loading

सप्तरी,१० साउन ।
सप्तरीका बाढी पीडित परिवारलाई सरकारले दिने भनेको प्रतिपरिवार २५ हजार राहत एक महिनासम्म पनि पुग्न सकेको छैन । पीडितको तथ्यांक संकलन गर्न जिल्ला विपद् ब्यवस्थापन समितिले सक्रियता नदेखाएका कारण सरकारी राहत पुग्न नसकेको हो ।
गत असार २४ गते बाढीले भएको क्षतिबारे स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले घरबारविहीन भएकालाई प्रतिपरिवार टहरा निर्माण गर्न १५ हजार र जस्तापाता खरिद गर्न १० हजार गरी २५ हजार रुपैयाँ तत्काल राहत दिने घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको घोषणापछि असार २५ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत उनीहरुलाई तत्काल सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेको एक महिना वित्न लाग्दासमेत रकम निकासा हुन नसकेको भन्दै बाढी प्रभावित भने अन्योलमा परेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले भने पहिलो चरणअन्तर्गत बाढी आएको समयमा नै पीडितलाई ५–५ हजार रुपैयाँका दरले उपलब्ध गराइसकेको र बाँकी २०–२० हजार रुपैयाँ छिट्टै उपलब्ध गराउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed