Breaking News.... EverestOnlineKhabar
June 25, 2026

लागूऔषध कारोबारीलाई गोली हान्ने आदेश…..?

Loading

एजेन्सी,९ साउन ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीलाई गोली हान्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। विडोडोले लागूऔषध कारोबारका कारण देश संकटमा परेको उल्लेख गर्दै कारोबारी गरेको देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका हुन्।
राजनीतिक दलको कार्यक्रममा विडोडोले पहिलेजस्तो विदेशी लागूऔषध कारोबारीहरूलाई पक्रेर मात्रै समस्या समाधान नहुने बताए। उनको यो निर्णयलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेको लागूऔषधविरुद्धको हिंसात्मक कदमसँग तुलना गरिएको छ। उनको कार्यकालमा लागूऔषध कारोबारीलाई देख्नेबित्तिकै गोली हानी मारिएपछि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले भत्र्सना गरेका थिए।
इन्डोनेसियामा लागूऔषधविरुद्ध मृत्युदण्डसहितको कडा कानुनी व्यवस्था छ। अन्तराष्ट्रिय मानव अधिकार संस्थाहरू तथा केही विदेशी सरकारले उसलाई मृत्युदण्डको व्यवस्था हटाउन माग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed