Breaking News.... EverestOnlineKhabar
May 12, 2026

फेसबुकबाट साथी बनाई ठगी गर्ने पक्राउ

Loading

काठमाडौ,साउन ।
फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौंडा घर भई काठमाडौंको लाजिम्पाट बस्ने रवी थोकर र ललितपुर धोवीघाटका दिनेश बस्नेतलाई पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका बस्ने सुजाता केसी पौडेललाई झण्डै एक वर्षदेखि फेसबुकमा इयुएन्स स्मिथ नामबाट आफूलाई ‘बेलायती नागरिक हुँ’ भन्दै एक व्यक्तिले कुराकानी गर्दै आएका थिए । भारतीय मोबाइल नम्बरबाट पीडित पौडेललाई‘तिम्रो नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर पठाएको छु, भारतीय नियमअनुसार कर तिर्नुपर्ने भयो’ भन्दै रकम माग गरेका थिए ।
सो पश्चात पटक–पटक गरी पौडेलले विश्वासमा परी आइएमई र बैंक खातामार्फत पक्राउ परेका व्यक्तिको खातामा ५५ लाख ८५ हजार रुपैयाँ पठाउनुभएको थियो । रकम पठाएपश्चात आफू ठगीमा परेको थाहा पाएपछि पौडेलले प्रहरीमा उजुरी गर्नुभएको थियो ।
उजुरीपश्चात प्रहरीले ठगीमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.