Breaking News.... EverestOnlineKhabar
May 12, 2026

बेल्जियम र नेरदल्याण्डस् विजयी

Loading

एजेन्सी,६ साउन ।
महिला युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका खेलमा आयोजक नेदरल्याण्डस र बेल्जियम विजयी भएका छन् । समूह‘ए’ मा रहेको नेदरल्याण्डसले डेनमार्कलाई १–० ले हराएको हो । यो नेदरल्याण्डको लगातार दोस्रो जित हो । उसको जितमा २० औं मिनेटमा पाएको पेनाल्टीमा शेरिदा स्पिट्साले गरेको गोल नै निर्णायक बन्यो । जितपछि दुई खेलबाट ६ अंकसहित नेदरल्याण्ड समूहको शीर्ष स्थानमा छ ।
राति नै भएको अर्को खेलमा बेल्जियमले नर्वेलाई २–० ले हरायो । बेल्जियमको जितमा एल्का भान गोर्प र जेनिस केम्यानले गोल गरिन् । हार पछि दुई पटकको विजेता नर्वे भने प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको छ । पहिलो जित निकालेको बेल्जियम दुई खेलबाट तीन अंकसहित समूहको तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.