![]()
नयाँदिल्ली,६ साउन ।
भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उहाँका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाउनुभयो । कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई पदस्थापन गर्नुहुनेछ । मुखर्जीको पदावधि यहि जुलाई २४ तारिख अर्थात ४ दिनपछि सकिदैछ । नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुनुहुन्छ । उहाँ २ पटक राज्यसभा सदस्य पनि भैसक्नुभएको छ ।


