Breaking News.... EverestOnlineKhabar
May 12, 2026

ग्रीस र टर्कीको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प

Loading

एजेन्सी,६ साउन ।
ग्रीस र टर्कीको सीमास्थित इजियन सागर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । टर्की तथा ग्रीसको तटीय क्षेत्र नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पमा परेर ग्रीसको कोस आइल्याण्डमा दुई जनाको मृत्यु भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् ।
घाइते हुनेमा ग्रीसको कोस आइल्याण्डमा रहेका कम्तिमा १ सय २० तथा टर्कीका ७० जना रहेको बताइएको छ । ग्रीस तथा टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्य भूकम्पका कारण बढी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.