Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मानव बेचविखनको आरोपमा होटल संचालकसहित ३ जना पक्राउ

Loading

दोलखा,२९ असार ।
जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्रेको छ । चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं. ३,चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अरु दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका सन्तोष भुजेल र सुरोज पोखरेल छन् । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.