![]()
चितवन,२८ असार ।
नेपाल विद्यार्थीसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले शिक्षाका लागि २० प्रतिशत बजेट छु्टाउन सरकारसंग माग गर्नुभएको छ । अध्यक्ष महरले नेपालको शिक्षालाई विश्व शिक्षासंग प्रतिष्पर्धी बनाउन आउँदै गरेको आर्थिक वर्षको बजेटमा २० प्रतिशत बजेट व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको हो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतको लागी नेविसंघले गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष महरले हरेक स्थानीय तहमा एक प्राविधिक विद्यालय स्थापना गर्न समेत माग गर्नुभयो । उहाँले सर्टिफिकेट धितो राखेर विद्यार्थीलाई निःशुल्क कर्जाको व्यवस्था,सबै गाउँका प्राथमिक विद्यालयमा सरकारी तवरवाट बालविकास केन्द्रको स्थापना तथा विकासको लागि शिक्षामा बजेट बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा प्रायःसबै ठुला दलको घोषणा पत्रमा शिक्षाका लागि २० प्रतिशत बजेट विनियोजन गर्ने भनेकाले यसको कार्यान्वयनका लागि सरकार र कांग्रेसले नेतृत्व लिने बेला आएको भन्दै अध्यक्ष महरले शैक्षिक बेरोजगार कर्जा र युवा बेरोजगार भत्ताको व्यवस्था समेत नयाँ आउने बजेटमा गर्नुपर्नेमा जोड दिनुभयो ।


