Breaking News.... EverestOnlineKhabar
May 11, 2026

मुग्लिन–नारायणगढ सडक असार २५ देखि रातिमा बन्द हुने

Loading

चितवन,२३ असार ।
मुग्लिन–नारायणगढ सडकखन्ड आगामी असार २५ गतेदेखि राति बन्द गरिने भएको छ । बिहीबार भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सो सडकमा सवारी–साधन चल्न नदिने निर्णय गरेको हो ।
निर्णयानुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी–साधनहरु साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिनेछन् । यस्तै, मुग्लिनबाट भरतपुरतर्फ जाने सवारी–साधनहरु पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरिएको छ । सडक विस्तारको क्रम चलिरहेको उक्त सडकमा वर्षासँगै दुर्घटनाका घटना बढेकाले सडक बन्द गर्नुपरेको जनाइएको छ । आवत–जावत बन्द गरेर सडक निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने निर्णय पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.