Breaking News.... EverestOnlineKhabar
May 11, 2026

७०औं जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह……

Loading

काठमाडौ,२३ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउँदैछन् । आजबाट ७० वर्ष पुरा भएका शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम छ । निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरु हुनेछ । बिहान साढे १० बजेदेखि कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटयाइएको छ ।
बिहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए। भद्रकाली, जीवनकुञ्ज, शिक्षण अस्तपाललगायत विभिन्न स्थानबाट जुलुससहित शुभकामना दिन निर्मल निवास आउने कार्यक्रम रहेको छ। हनुमानढोकाबाट राष्ट्रिय पोषाकसहित झन्डा बोकेका युवा समूहले पूर्वराजालाई झण्डा उपहार दिने कार्यक्रम तय भएको महर्जनले बताए।
यसैबीच पूर्वराजाले आफू ७० वर्ष पुगेको अवसरमा २ दिन भोज दिने कार्यक्रम रहेको छ। शनिबार वा आइतबार अन्नपूर्ण होटलमा र ३० गते निर्मल निवासमा आफन्त र परिवारलाई रात्री भोज दिने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.