Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सुरु भयो नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता

Loading

काठमाडौ,२२ असार ।
नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।
सबै खेलमा पाँच विकास क्षेत्रबाट १ सय ४२ जनाका दरले जम्मा ७ सय १० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स र फुटबल दशरथ रंगशालामा, भलिबल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा, कबड्डी कीर्तिपुरमा, तेक्वान्दो पेप्सीकोलामा रहेको कोटेश्वर तेक्वान्दो डोजाङमा, कराँते लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा र क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।
प्रतियोगिताको टिम च्याम्पियनले २५ हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार पाउनेछन् । व्यक्तिगत प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३ हजार, २ हजार र १ हजार पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.