Breaking News.... EverestOnlineKhabar
May 12, 2026

क्यानडा स्थापनाको १५० वर्ष पूरा…….

Loading

एजेन्सी,१८ असार ।
क्यानडाले आफ्नो स्थापनाको एक सय ५० औं वर्षगाँठ मनाइरहेको छ । क्यानडाले देशको रुपमा मान्यता पाएको एक सय ५० वर्ष पुगेको अवसरमा त्यहाँका शहरदेखि गाउँसम्म विभिन्न कार्यक्रम गरिएको छ । ओटोवामा रहेको पार्लियामेन्ट हिलमा हजारौं मानिस भेला भएका छन् ।
निरन्तर पानी परे पनि देशभरबाट राष्ट्रिय दिवसका लागि मानिसहरु जम्मा भएका छन् । एक सय ५० औं वर्षगाँठ मनाउने क्रममा सांगीतिक कार्यक्रम, आतिसबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको छ । दिवसका अवरसमा प्रधामन्त्री जिस्टिन ट्रुडोले दिनुभएको सन्देशमा आफूहरुले सबैलाई क्यानडामा स्वागत गर्ने बताउनुभएको छ । क्यानडाले कुनै धर्म, क्षेत्र वा रंगका आधारमा मानिसमाथि विभेद नगर्ने र क्यानडाले सबैलाई स्वागत गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.