![]()
काठमाडौ,१८ असार ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको चुनाव एकै चरणमा गर्न नसकिने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेश चुनाव एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका हुन् । कानूनी, संवैधानिक र व्यवस्थापकीय दृष्टिकोणले दुवै चुनाव एकैपटक गर्न नसकिने यादवको धारणा छ । उनले भनेः‘मतदाता नामावलीको दृष्टिकोणले, व्यवस्थापकीय दृष्टिकोणले र संवैधानिक दृष्टिकोणल पनि एकै चरणमा दुई वटै निर्वाचन कुनै पनि हालतमा गर्न सकिंदैन, बरु ग्याप थोरै समयमा राख्न सकिन्छ ।’
संविधानमा उल्लेख भएअनुसार पहिले प्रदेश त्यसपछि प्रतिनिधिसभाको निर्वाचन गर्ने उनले बताए । उनले अगाडी भनेः‘राष्ट्रिय सभामा महिलाहरुको प्रतिनिधित्वको कुरा पनि छ, त्यसैले पहिले प्रदेश सभाको हुनुपर्छ, त्यसपछिमात्रै राष्ट्रिय सभाको हुन्छ, अनिमात्रै केन्द्रीय संसदको चुनाव हुन्छ।’
यादवले यही आउने माघ ७ गते भित्रै सबै तहकानिर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले बाँकी निर्वाचनको लागि आयोगले सरकारलाई प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए ।
यादवले तीन चार दिनभित्रै सबै मतपरिणाम सार्वजनिक हुने समेत विश्वास दिलाए । असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीयतहको निर्वाचनको लागि प्रदेश नम्बर २ का १२७ वटै तहमा निर्वाचनसम्बन्धी कार्यक्रमहरु पठाइसकेको उनले जानकारी दिए ।


