Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मेस्सीको विवाह अर्जेन्टिनामा…..

Loading

एजेन्सी,१७ असार ।
अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । ३० वर्षका मेस्सीले आफ्नी बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनिला रोकुज्जोसँग विवाह गरेका हुन् । विवाह समारोह रोसारिओको लक्जरी होटलमा भएको छ ।
विवाह समारोहमा दुई सय ६० पाहुना सहभागी भएका छन् । यस्तै सयौं प्रहरी तथा सुरक्षाकर्मी घटाइएको छ । मेस्सी र एन्टोनिला बिच मेस्सी स्पेन आउनु भन्दा पहिले नै भेट भएको थियो, त्यसबेला उनी १३ वर्षका थिए । नेपाली समय अनुसार शुक्रबार राति भएको विवाह समारोहमा बार्सिलोनाका खेलाडीहरु लुइस स्वारेज, नेइमार, जेराड पिके र उनकी प्रेमिका गायिका साकिरा सहभागी भएका छन् । मेस्सी र एन्टोनिलाका दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.