Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कनफेडेरेशन कप फुटबलःपोर्चुगललाई हराउँदै चिली पुग्यो फाइनलमा

Loading

एजेन्सी,१५ असार ।
पोर्चुगललाई टाइब्रेकरमा हराउँदै चिली फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति रुसको कजानमा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
पोर्चुगलका तीन पेनाल्टी प्रहारको सुन्दर बचाउ गरेको चिलीका गोलरक्षक क्लाउडियो ब्राभो चिलीको फाइनलमा यात्रामा हिरो साबित भए । चिलीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई टाइब्रेकरमा ३–० ले हराएको हो । ब्राभोले रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको सुन्दर बचाउ गरेका हुन् ।
चिलीका तीनै पेनाल्टी प्रहार भने गोलमा परिणत भएर चिली फाइनलमा पुग्न सफल भयो । चिलीले खेलको अतिरिक्त समयमा पेनाल्टीका लागि गरेको अपिल रेफ्रीले अस्वीकार गरेका थिए भने दुई पटकको पोस्ट प्रहार गोलमा परिणत हुन सकेको थिएन ।
चिलीका लागि पेनाल्डीमा अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेजले गोल गरेका हुन् । चिलीले अब उपाधिका लागि जमर्नी वा मेक्सिकोसँग खेल्ने छ । जर्मनी र मेक्सिकोबिचको सेमिफाइनल खेल बिहीबार राति पौने १२ बजे सोचीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed