Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सभामुख घर्तीले मतदान गरिन्,उपराष्ट्रपति पुन भोट हाल्न गएनन्…..

Loading

काठमाडौ,१४ असार ।
सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिकाको मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनले रोल्पा नगरपालिका वडानम्बर ७ को बालउदय मावि जंकोटबाट बिहान मतदान गरेकी हुन् । सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् ।
यसैगरी माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् । माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । तर, राङ्सी निवासी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने भोट हाल्न रोल्पा गएका छैनन् । रोल्पामा १० स्थानीय तह छन् । रोल्पामा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपा चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed