Breaking News.... EverestOnlineKhabar
April 19, 2026

प्रचारप्रसारको अन्तिम दिनः ओली, प्रचण्ड र पौडेल बुटवलमा……

Loading

बुटबल,११ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचको लागि आज दलहरुलाई प्रचारप्रसारको लागि अन्तिम दिन हो । दलहरु आज अन्तिम कसरतमा लागेका छन् । प्रदेश नम्बर ५ मा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएको बुटवल उपमहानगरपालिकामा आज मुख्य राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्दैछन । शुन्य समय सुरु हुँदाको अघिल्लो दिन शीर्षस्थ नेताहरु बुटवल झरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बुटवल आएका छन् । बुटवलको ट्राफिकचोकमा एमालेले चुनावी सभा आयोजना गरेको छ भने राजमार्ग चौहारामा कांग्रेस–माओवादीको गठबन्धनको चुनावी सभा छ ।
कांग्रेस–माओवादीको तालमेल रहेको बुटवलमा एमाले एकल रुपमा चुनावी मैदानमा छ । दैनिक जसो शक्ति प्रदर्शन गरिरहेको एमालेले पार्टी नेतृत्वलाई नै निम्त्याएर प्रदर्शन गर्न लागेको हो । लगातारको तीन वटा निर्वाचनमा जित हासिल गरेको एमालेले बुटवलमा आफनो निरन्तरता कायम राख्ने दाउमा छ भने कांग्रेसले माओवादीको सहयोग लिएर किल्ला भत्काउने रणनीति बनाएको छ ।
साढे ६६ हजार मतादाता रहेको बुटवलमा १३ हजार सुकुम्बासीको मतमा राजनीतिक दलको चलखेल रहेको छ । एमालेले दुई तिहाई वडामा जित हाशिल गर्ने दाबी गरेको छ भने कांग्रेसले प्रमुख उपप्रमुख सहित बहुमत वडा जित्ने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed