Breaking News.... EverestOnlineKhabar
September 25, 2026

ब्रेकिङ न्युज: डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगियो, सबै यात्रु सुरक्षित

Loading

ब्रेकिङ न्युज: डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगियो, सबै यात्रु सुरक्षित

www.everestonlinekhabar.com काठमाडौं। डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा पर्नबाट जोगिएको छ।

नेपालगञ्जबाट उडान भरेको ९एन–एजे (9N-AJE) कलसाइन भएको उक्त जहाज बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दाहिने पट्टिको चक्का रनवेबाहिर निस्किएपछि अनियन्त्रित बनेको थियो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार चक्का खुस्किएपछि जहाज रनवेमा केही परसम्म उछिट्टिएको थियो। दुर्घटनाको जोखिम बढेलगत्तै पाइलटले सुझबुझका साथ तत्काल इन्जिन बन्द गर्दा जहाजमा आगलागी हुनबाट जोगिएको छ।

पाइलटको समयमै लिएको सतर्कताका कारण सम्भावित ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेका छन्। घटनाबारे थप विवरण र प्राविधिक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed