Breaking News.... EverestOnlineKhabar
May 8, 2026

नेपाली कांग्रेसको ठूलो निर्णय: नेविसंघ, तरुण दल र महिला संघमा नयाँ नेतृत्व चयन

Loading

काठमाडौं २०८३/०१/२५, नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार तीन महत्त्वपूर्ण भ्रातृ संगठनहरूमा नयाँ नेतृत्व नियुक्त गरेका छन्।

लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएका भ्रातृ संस्थाहरूलाई गतिशिल बनाउन र समयमै महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित यी नियुक्तिहरू गरिएका हुन्।

को-को भए नियुक्त www.everestonlinekhabar.com

सभापति थापाले संगठनको संवेदनशीलता र समावेशीतालाई ध्यानमा राख्दै देहाय बमोजिमका व्यक्तित्वहरूलाई जिम्मेवारी सुम्पिएका छन्:

नेपाल विद्यार्थी संघ (नेविसंघ): अध्यक्षमा धनकुटाकी करुणा कटुवालनेपाल तरुण दल: अध्यक्षमा काठमाडौंका मनिष कोइरालानेपाल महिला संघ: अध्यक्षमा चितवनकी मीना खरेल

मुख्य जिम्मेवारी: महाधिवेशन

नवनियुक्त अध्यक्षहरूलाई निश्चित समयावधिभित्र संगठनको अधिवेशन र महाधिवेशन गराउने गरी म्याण्डेट दिइएको छ। पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र युवा तथा महिला शक्तिलाई परिचालन गर्न यो कदम चालिएको कांग्रेस वृत्तमा चर्चा छ।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्दै सभापति थापाले संगठनमा उर्जावान् र जुझारु अनुहारहरूलाई अगाडि सारेका हुन्। यी नयाँ नियुक्तिसँगै कांग्रेसका भ्रातृ संस्थाहरूमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।


थप विवरणका लागि हेर्दै गर्नुहोला: www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.