Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चन्द्रागिरिको सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

Loading

२० असोज,काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले ८:४० बजे मृत घोषणा गरेका थिए ।

अन्दाजी ३०–३५ वर्ष उमेरका ती व्यक्तिको नाम, थर र ठेगाना खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चिन्ने हुनेहरूले प्रहरी कन्ट्रोलको १०० नम्बर वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed