Breaking News.... EverestOnlineKhabar
August 12, 2026

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आउन दिउँसोसम्मै लाग्ने

Loading

नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म सञ्चालनमा आउन सकेको छैन। चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो।

हिजो साँझ करिब ७:१५ बजेतिर खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको र यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिहान ४ बजेसम्मका लागि आवागमन नगर्न हिजै आग्रह गरिएको थियो।

तर पहिरो पन्छाउने प्रयास हुँदैगर्दा आज (शनिबार) बिहान ७:४० मा थप ठूलो पहिरो खसेर सडक करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा ढाकिएको सडक डिभिजन भरतपुरले जनाएको छ। माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed