Breaking News.... EverestOnlineKhabar
April 16, 2026

काठमाण्डाैँमा आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

Loading

 काठमाण्डाैँ , भाद्र २७-  नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ ।

जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुन: निषेधाज्ञा लागू हुने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको छ ।

आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ ।

दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed