Breaking News.... EverestOnlineKhabar
April 19, 2026

नेपाल नागरिकता विधेयकमा आमाको पनि वंश कायम गरिएको छः गृहमन्त्री लेखक

Loading

काठमाडौं, भदौ १९ –  गृहमन्त्री रमेस लेखक ले नागरिकता विधेयकमा अब आमाको नामबाट पनि वंशज नागरिकता प्रदान गर्ने स्पष्ट व्यवस्था गरिएको बताएका छन्। बिहीबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले अबदेखि आमाको पहिचानका आधारमा पनि सन्तानले नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गरिएको जानकारी दिएका हुन्।

गृहमन्त्री लामिछानेले भने, “अबदेखि छोराछोरीले नागरिकता पाउन बुबाको नाम मात्र खोज्नु पर्ने अवस्था अन्त्य भएको छ। आमाको पहिचान पर्याप्त आधार हुनेछ।”

विगतमा हजारौं सन्तानहरूले बुबाको नाम नखुलेको वा अनुपस्थित भएकै कारण नागरिकता नपाएको गुनासो गर्दै आएका थिए। गृहमन्त्रीले यस्तो अवस्थालाई “न्यायको विरोध” भन्दै विधेयकले ती पीडितहरूलाई न्याय दिलाउने विश्वास व्यक्त गरे।

उनले थपे, “नागरिकता केवल कानुनी कागज होइन, नागरिक अस्तित्वको प्रमाण हो। हामी अब आमालाई पनि त्यो अस्तित्वको केन्द्रमा ल्याइरहेका छौं।”

नागरिकता विधेयकमा आमालाई आधार मानेर वंशज नागरिकता दिने व्यवस्था गरिनु सकारात्मक कदम भएको भन्दै मानव अधिकारकर्मीहरूले सरकारको स्वागत गरेका छन्। महिला अधिकारकर्मी सविता भट्टराईले भनिन्, “यो कदम महिलामाथिको ऐतिहासिक विभेद अन्त्य गर्ने दिशामा गम्भीर प्रयास हो।”

राजनीतिक प्रतिक्रिया

विधेयकप्रति विभिन्न दलले मिलिजुली प्रतिक्रिया दिएका छन्। सत्तारूढ दलहरू यसको पक्षमा एकमत देखिएका छन् भने केही विपक्षी सांसदहरूले भने दुरुपयोगको सम्भावना औंल्याएका छन्। तर, बहुमत सांसदहरूले यो विधेयक पारित गरिनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed