Breaking News.... EverestOnlineKhabar
August 11, 2026

अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

Loading


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार कोसी अस्पतालको नवनिर्मित वार्डको उद्घाटन गर्दै मन्त्री खापुङले पुरा समय अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

मन्त्री खापुङले कोसीसहित देश अन्य सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई मध्यनजर गर्दै त्यसबारे मन्त्रालयले काम गरिरहेको जानकारी समेत दिए । उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको बताउँदै उक्त समस्या छिट्टै समाधान हुने पनि बताए।

बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुने भएकाले यसले अन्योलता सिर्जना गरेको र स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पुर्‍याउन एउटा कार्यदल निर्माण गरिएको मन्त्री खापुङले बताए।

निजी अस्पताले पनि बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समस्या समाधान हुने उनको भनाई थियो ।
कोसी अस्पतालमा ५ करोड ४७ लाख ७ हजार रुपैयाँको लागतमा नवनिर्मित ३६ शैय्याको बच्चा वार्ड, दुई शल्यक्रिया कक्षसहित ४० शैय्याको वार्डको मन्त्री खापुङले उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न शैइया थपिएपछि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed