![]()

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा राजनीतिलाई समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर स्वर्गिय नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले
राजनीतिलाई फोहोरी खेल नभई जनताको सेवा र राष्ट्रको सेवाका रुपमा लिनुपर्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ बताए ।
अध्यक्ष प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा समेत जोड दिए । नेता गिरिको अभाव नेपाली राजनीति र समाजमा खड्किरहने उनले भनाई थियो ।
काँग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य गिरिको गएराती राति ९ बजे उपचारका क्रममा ललितपुरस्थित मेडसिटी अस्पतालमा निधन भएको थियो । ७५ वर्षीय गिरि भारतमा क्यान्सरको उपचार गराएर फर्किएपछि स्वास्थ्यमा समस्या आएर साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।


