Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्येष्टि गरिने

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । मेडिसिटी अस्पतालबाट पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने काँग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले नेता गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको जानकारी दिएको छ।

कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म र साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।

७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
काँग्रेस नेता गिरि एक सामाजवादी चिन्तन बोकेका नेताका रुपमा परिचित थिए । गिरि आफु काँग्रेस राजनीतिमा भएपनि समाज रुपान्तरण र समाजवादका बिषयमा कम्युनिष्ट नेताहरुले उनिबाट सिक्ने गर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed