![]()
२०७७ पुस २५, काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेसहित सुरक्षा निकायका प्रमुखहरुले खोटाङको त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्नुभएको छ । गृहसचिव न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरुले आज हलेसीको दर्शन गर्नुभएको हो । हिजो खोटाङ पुग्नुभएका गृहसचिव न्यौपानेसहित सुरक्षा निकायका प्रमुखले बिहान ७ बजेको शुभसाइतमा हलेसीको दर्शन गर्नुभएको हो। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न खोटाङ आउनुभएका सुरक्षा निकायका प्रमुखहरुलाई हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी नायब उपरीक्षक नारायण चिमोरिया, सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रमुख सरोज कार्की, राष्ट्रिय अनुसन्धान विभाग खोटाङका प्रमुख हीरा भट्टराईलगायतले स्वागत गर्नुभयो ।
प्राकृतिक रुपमासमेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर आठ महिनापछि खुला गरिएसँगै बन्द रहेका व्यापार व्यवसायसमेत खुल्न थालेको छ । रासस


