Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्री ओली हिटलर जस्तै बन्न थाले: पूर्व प्रधानमन्त्री खनाल

Loading

२०७७ पुस २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै बन्न थालेको बताउनु भएको छ । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड-माधव समूहमा रहनु भएका वरिष्ठ नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको टिप्पणी गर्नुभयो । पार्टीको गल्तीका कारण कहिले काहीँ तानाशाहहरु जन्मिने बताउदै वरिष्ठ नेता खनालले कैलालीको धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गर्नुभयो । मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको खनालको टिप्पणी छ । २०४६ साल अगाडि देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालले बताउनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.