Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

– मेनुका भण्डारी
बागमतीमा सफा पानी बगाउने तयारी खानेपानी मन्त्रालयले गरेको छ । अवको केही दिनभित्रै पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बगाउन गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयारी गरिएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड फोहरपानी व्यवस्थापन आयोजना अन्तर्गत सञ्चालित आयोजनाको प्रशोधन केन्द्रबाट गुह्येश्वरीको उत्तर भागबाट बग्ने बागमती इन्टर सेप्टर ढललाई प्रशोधन गरी पुन बागमती नदीमा मिसाइने छ । यसअघि सञ्चालित प्रशोधन केन्द्रले पूर्णरूपमा काम नगरेपछि अहिले प्रशोधन केन्द्रको क्षमता समेत बढाइएको छ । प्रशोधित पानीलाइ गुह्येश्वरी मन्दिर भन्दामाथि बागमती नदीमा मिसाइने छ । प्रशोधन केन्द्र सञ्चालन भएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिने छ । प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको इञ्जिनियर किशोर पन्थीले बताउनु भयो । प्रशोधन केन्द्र संचालनमा आएपछि दैनिक ७ टनसम्म मल निस्कने छ । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ । नदीमा बग्ने प्रशोधित पानी सङ्लो नदेखिएपनि जलप्राणी बस्न योग्य हुने छ । प्रशोधन केन्द्र आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो । नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.