Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

२०७७ पुस २४, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट भोली शनिबार भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले सो जुलुस निकाल्न लागेको जानकारी युवा संघका नेता शम्भु साहले दिनुभएको छ । साहका अनुसार संस्थापन नेकपा र अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धोती जुलुस प्रदर्शन गर्न लागिएको हो । धोती जुलुसको नारा “धोती कुर्था गम्छा मधेशी के शान बा !
केपी ओली हमनी सबके जान बा !!” हुने पनि साहले बताउनुभयो । धोती जुलुस संजिव झा को नेतृत्वमा निकाल्न लागिएको हो ।
जुलुसमा मधेसको पहिचानकारुपमा रहेको धोती, गम्छा र कुर्था पोसाक लगाएका करिव १ हजार बढी सहभागी हुने पनि युवा संघका नेता साहले जानकारी दिनुभयो । – मेनुका भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.