Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७७ असार १६, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् । यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए । आज बिहानैदेखि सबै तहका सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed