Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७७ जेठ २९, बुटवल । जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका–३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको उपचारका क्रममा मृत्यु भएको हो । एक्कासि मुटु दुख्ने समस्या देखिएपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार जिल्ला अस्पताल बिजुवार पठाइएको थियो । रामजालीको उपचारकै क्रममा गएराति १० बजे अस्पतालमै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताए । उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०७२ साउन १७ गते गतेदेखि कारागारमा थिए । रामजालीको शब पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने कारागारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed