Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् । उर्वशीको फेसबुक पेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ । मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको छ । उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् । यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed