Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

बालिक नहुँदै गरेको अपराधका लागि साउदी अरेबियाले दोषीलाई मृत्युदण्डको सजाय नदिने तयारी गरेको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ । राजा सलमानको आदेशलाई उद्धृत गर्दै साउदी अरेबियाको मानवअधिकार आयोगले अब उपरान्त बालिक नहुँदै गरेको अपराधका लागि पनि दोषीलाई दिइँदै आएको मृत्युदण्डको सजाय रोक्ने तयारी भएको उल्लेख गरेको हो । दुई दिनअघि मात्रै साउदी अरेबियाले दोषीलाई कोर्रा हान्ने सजायमाथि प्रतिबन्ध लगाएको थियो ।

बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेको साउदी अरेबियाले बालबालिकाले गरेको अपराधका लागि उनीहरुलाई मृत्युदण्ड दिन नहुने बताएको हो । अधिकारकर्मीले साउदी अरेबियामा मानवअधिकारको अवस्था विश्वमै सबैभन्दा नाजुकमा अवस्थामा रहेको बताउने गरेका छन् । वाक स्वतन्त्रता गम्भीर रुपमा सीमित गरिएको तथा सरकारको आलोचना गर्नेहरुलाई गैर कानूनी रुपमा पक्राउ गर्ने गरिएको अधिकारकर्मीको भनाई छ ।

साउदी अरेबियामा सन् २०१९ मा १८४ जनालाई मृत्युदण्डको सजाय दिइएको थियो । त्यसमध्ये एक पुरुष त्यस्ता थिए, जसले बालक हुँदै अपराध गरेका थिए । राजा सलमानले दिएको पछिल्लो आदेश अनुसार अब उपरान्त बालिक नहुँदै गरेको अपराधका लागि अधिकतम १० वर्षसम्म बालबालिका सुधार केन्द्रमा राख्ने सजाय दिइने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed