![]()
२०७७ बैशाख १४, काठमाडौं । वीरगन्जमा आइतवार विहान एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवती रहेकी छिन् । उनको ३ पटकसम्म गरिएको आरडिटी टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । आरडिटी टेष्ट गर्दा पोजिटिभ देखिएकी ती युवतीको आज विहान मृत्यु भएको जनाइएको छ । ती युवती ब्लड क्यान्सरले ग्रसीत थिइन् ।
चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ती युवती एक महिनाअघि मात्र घर फर्किएकी थिइन् । घर बसिरहेकी उनलाई एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि हस्पिटल लगिएको थियो । तराई हस्पिटलमा आरडिटी टेष्ट गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको ३ पटक सम्म टेष्ट गर्दा पनि पोजेटिभ देखिएको जनाइएको छ । उनको आइतवार बिहान तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएको छ । उनको पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा नमूना संकलन गरी पठाइएको जनाइएको छ ।


