Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

अहिले बलिउडमा सम्पूर्ण चलचित्रको काम रोकिएको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । कोरोनाका कारण चलचित्र बजार ६ महिना पछाडि धकेलिएको धेरैले अनुमान गरिहरेका छन् । सफल निर्देशक संजयलीला भन्साली पनि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । चलचित्रको लागि सेट तयार भइसकेको थियो । चलचित्रमा उनले आलिया भट्टलाई लिड रोलमा चुनेका थिए । उक्त चलचित्रको काम रोकिएपछि अहिले भन्साली नयाँ चलचित्रको पनि तयारीमा जुटेका छन् ।

उनले चलचित्र ‘बैजु बावरा’ निर्देशन गर्दैछन् । यस चलचित्रको लागि भन्सालीले आफ्नो मनपर्ने अभिनेता रणवीर सिंहलाई मुख्य भूमिकामा अनुबन्धित गरेका छन् । त्यस्तै, अभिनेत्रीमा भन्सालीले आलियालाई नै दोर्होयाउने सोच बनाएका छन् । आलियाले पनि चलचित्र साइन गरिसकेकी छिन् । भन्सालीले पहिला चलचित्र ‘गंगुबाई’ सक्नेछन् । त्यसपछि मात्र ‘बैजु बावरा’को छायांकन सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.