Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७७ बैशाख ५, कञ्चनपुर – अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटर लगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए । खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो ।

महाकाली अस्पतालले चैत १६ गते बोलपत्र आह्वान गरेको भएता पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङकन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । बोलपत्र प्रक्रियामार्फत चैत २९ गते महाकाली अस्पताललाई प्राप्त भेन्टिलेटर सन् २०१५ को पुरानो मोडलको छ । भेन्टिलेटरसहितका उपकरण तथा सामग्री आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले ठेक्का सम्झौताअनुसार रु ५३ लाखमा उपलब्ध गराएको हो । पुरानो मोडलका प्रयोग भइसकेका भेन्टिलेटरसहितका उपकरण अस्पतालमा पुगेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले निरीक्षण गर्दै अस्पतालका लागि ल्याइएका उपकरण पुराना रहेको ठहर गरेको थियो ।

मन्त्रालयका बायोमेडिकल इञ्जिनीयर हरेन्द्र चटौतको नेतृत्वमा आएको प्राविधिक टोलीले भेन्टिलेटर सन् २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्वीलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टिको भागमा ७÷८ सेन्टिमिटर कालो दाग, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको औँल्याएको थियो । यसैगरी, टोलीले डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed