Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

२०७७ बैशाख ३, काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्ंदर्भमा राहत र आर्थिक प्रवद्र्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा गठित समितिले कोरोनाको असर कुनकुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको सन्दर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर विभिन्न अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणका आधारमा सरकारलाई सुझाव पेश गर्ने जनाएको छ ।

समितिले नेपालमा कोरोना सङ्क्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलक क्षेत्र तथा पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ । यसरी प्रस्तुत गरिएको सुझाव, समितिको निर्णयानुसार समितिका सदस्यहरुको उपस्थितिमा नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससमक्ष पेश गरिने काँग्रेसका नेतासमेत रहनुभएका अध्यक्ष जोशीले जानकारी दिए । अध्ययन समितिले यही १ गतेदेखि आफ्नो काम शुरु गरेर तीन हप्ताभित्र अध्ययन गर्नेछ । अध्ययनलाई प्रभावकारी बनाउन समितिलाई सहयोग, सल्लाह र सुझाव प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed