Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

२०७७ वैशाख ३, गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएर्को यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेर्को यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो । र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed