Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ चैत ३०, काठमाडौं । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोराना भाइरसको आशंकामा भर्ना भएका दुईजना भागेका छन् । शनिबार अपरान्ह उनीहरु अस्पतालबाट भागेका हुन् । अस्पतालकाअनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन् । कोभिड–१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो । अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ । आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed