Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत ११, चितवन । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed