Breaking News.... EverestOnlineKhabar
April 21, 2026

कांग्रेस सांसदले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक सहयोग गर्ने

Loading

२०७६ चैत ११, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा रहेका आफ्ना सांसदको १५ दिनको पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने भएको छ । कांग्रेसले आफ्ना ६७ जना सांसदको १५ दिनको १८ लाख ४२ हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् । कोभिड–१९ सँग जुध्न सरकारले ५० करोडको कोष खडा गर्दै सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि सहयोग गर्ने क्रम बढ्दै गएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा ६१ र राष्ट्रियसभामा ६ जना सांसद रहेका छन् ।

यस्तै कांग्रेसका सांसद दिव्यमणि राज भण्डारीले व्यक्तिगत रुपमा पाँच लाख कोषमा सहयोग गरेका छन् । सत्तारुढ नेकपाले पनि संघीय संसदमा रहेका आफ्ना सांसदको १५ दिनको पारिश्रमक कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार सांसदहरुबाट ६४ लाख ३९ हजार रुपैयाँ जम्मा हुनेछ । नेकपाबाट सभामुख बनेका अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार नै एक महिनाको तलब सहयोग गर्ने घोषणा गरिसकेका छन् । कोभिड–१९ विरुद्ध लड्न राष्ट्रपति विद्या भण्डारीले दुई महिना र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् । व्यापारिहरुले समेत कोषमा रकम जम्मा गर्ने निर्णय गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed