Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत्र १०, काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । कोरोना भाइरस संक्रमण र नेपालको अवस्थाबारे जानकारी गराउन मध्याह्न १२ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो । अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरिएको छ । सरकारले कोरोना संक्रमणलाई रोक्न उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ भने लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed