Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत १०, दाङ – स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ । घोराहीबाट लमहीका लागि छुटेको गरेको रा ३ प ५४३० नम्बरको स्कुटर लमही–६ बेल्दमारमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी ३२ वर्षे अमितकुमार धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । स्कुटर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका धामीलाई उपचारको लागि फ्लोरेन्स अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed