Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

कोरोना भाइरस (कोभिड(१९)को संक्रमण बढ्दै गएपछि भारतका मुम्बई, पुणे, नागपुरसहित चार शहर ‘लक डाउन’ गरिएको छ । महाराष्ट्र सरकारले विरामीको संख्या बढ्न थालेपछि चार शहरलाई लक डाउन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहाँका अत्यावश्यक पसल तथा यातायातका सेवा बाहेक सबै पसलहरु ३१ मार्चसम्म बन्द रहनेछन् । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भनेका छन्, ‘हामीले मुम्बइ, पुणे, नागपुर तथा एमएमआर रिजनलाई ३१ मार्चसम्म लक डाउन गर्ने फैसला गरेका छौं । यहाँ अत्यावश्यक सामान तथा र पसलबाहेक सबै बन्द हुन्छ ।’ महाराष्ट्रमा अहिलेसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जसमा एकजनाको मृत्यु भइसकेको छ ।

तरकारी, चामलको पसल खुल्ला रहने
महाराष्ट्र सरकारले मुम्बइ, पुणे, नागपुरमा लक डाउन गर्ने फैसला लिए पनि चामल, तरकारी र औषधिको पसल भने खुल्लै रहनेछन् । यसका साथै अति आवश्यक सेवा समेत खुल्ला रहनेछन् भने ३१ मार्चसम्म मदिरा पसलसमेत बन्द रहनेछन् ।

कक्षा आठसम्मको परीक्षा रद्द
महाराष्ट्रको शिक्षामन्त्री वर्षा गायकवाडले कक्षा एकदेखि आठसम्मको परीक्षा रद्द गरिएको छ । १० तथा १२ कक्षाको परीक्षा भए पनि ९ कक्षा र ११ कक्षाको परीक्षा भने १५ अप्रिलसम्म सारिएको छ ।

बलिउडका कलाकार जनचेतना फैलाउँदै
महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले विश्वभरका मानिसहरुलाई घरमै बस्नको लागि आग्रह र सल्लाह दिन प्रमुख नागरिक तथा बलिउड कलाकारहरुलाई सहयोगको लागि आग्रह गरेका छन् । रोहित सेट्टीले फोन गरेर कोरोनाबारे एउटा जनचेतनामूलक फिल्म बनाउने जानकारी दिएका छन् ।

ट्रेन र बस बन्द नहुने, सरकारी कार्यालय खुल्लै रहने
मुख्यमन्त्रीले ठाकरेले बस र ट्रेनलाई चालू नै राख्ने बताएका छन् । उनले सरकारी कार्यालयहरु पनि पुरै बन्द नराखी २५ प्रतिशत कर्मचारीको उपस्थिति रहने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed