Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ७, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ । हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिए ।

उनले ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने बताए । हिसानले सङ्क्रमणबाट बच्ने उपायको सचेतना तथा अन्य आवश्यक कार्यका लागि सरकारी निकाय र अन्य संस्थासँग समन्वयका लागि आफ्ना जिल्ला कार्यसमितिलाई पनि आग्रह गरेको छ । सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम बन्द भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed