Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

२०७६ चैत ५, पोखरा । फेवातालको मुहानतर्फ पामे माथिको गाउँमा मंगलबार हल्लाखल्ला भयो । गाउँमा रहेको रेष्टुरेण्टमा ठूलो आवाजमा संगीत बज्यो, मानिसहरू होहल्ला गरिरहेका थिए । गाउँलेलाई असह्य भयो । गाउँलेले प्रहरीलाई जानकारी गराए । कास्की प्रहरीको टोली राति २ बजे घटनास्थल पोखरा २३ चापाकोट पुग्यो । त्यतिबेला पनि केही विदेशी र नेपालीहरू संगीतमा झुमिरहेका थिए । २० देखि २५ जनाको समूहमा रहेका उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर छापा र्मायो । ‘राति २ बजे पनि उनीहरू नाचिरहेका रहेछन्, सर्च गर्दा चरेश फेला र्पयो’, कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘त्यसपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं ।’ पोखरा सहरको कोलाहलभन्दा टाढा गाउँको सामान्य रेष्टुरेण्टमा भएको यो कार्यक्रम ‘लागु औषध, मदिरा र संगीत’को ‘ट्रान्स पार्टी’ भने नभएको एसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed