![]()
चैत ४, चितवन । कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ । ७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी कोरोना विशेष अस्पताल निर्माण हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘आजैबाट काउन्टडाउन सुरु भयो । ७२ घण्टाभित्र अस्पतालको सेवा सुरु हुन्छ’, उनले भने । अस्पतालमा १० वटा आइसियू, १० वटा एचडियू र ५० वटा जेनेरल बेड रहनेछन् । भरतपुरस्थित उद्योग संघको सभाहल क्षेत्रमा अस्पताल निर्माण हुने भट्टराईले बताए । अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ । भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उनले बताए ।


