Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत २, काठमाण्डौ । ट्राफिक प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । आवश्यक कागजपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए । ट्राफिक प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सवारी साधनसहित सेढाईंलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed